कतार विश्वकपका लागी प्रहरी र सुरक्षा गार्डमा करिब ८ हजार श्रमिकको माग

समाचार

सन २०२२ हुने विश्वकप फुटबललाई लक्षित गरी कतार सरकारले प्रहरी र सुरक्षा गार्डमा भर्ना प्रकृया सुरु गरेको छ । स्रोत मुलक नेपाल पनि हो । तर भर्ना प्रकृयाको सम्पूर्ण जिम्मा म्यानपावर कम्पनीलाई दिने नदिने विषयमा भने सरकार निर्णयमा पुगेको छैन । म्यानपावर कम्पनीले राजनीतिक नेतृत्वलाई भेटेर आफ्नो पक्षमा निर्णय गर्न लबिङ गरे पनि कर्मचारी संयन्त्रले मानेको छैन ।

कतार प्रहरी र त्यहााका विभिन्न कम्पनीमा सुरक्षा गार्डका रुपमा नेपाली युवाको उच्च माग छ । तलब आकर्षक भएकाले म्यानपावर कम्पनीले माग ल्याउन मरिहत्ते गरिरहेका छन् । तीन वटा कम्पनीले त सरकारबाट मागपत्र स्वीकृत नगराइ प्रहरीमा भर्नाका लागि श्रमिक छनोट नै गरे ।

ती कम्पनीमाथि वैदेशिक रोजगार विभागले मंसीर पहिलो साता छापा मारेर कारवाही गरेको थियो । राजनीतिक नेतृत्वलाई प्रभावमा पारी एसओएस म्यानपावरले ६ महिनाका लागि गरिएको आफूमाथिको कारवाही दुई साताअघि फुकुवा गराउन लगाइसकेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय थप दुई कम्पनीको कारवाही पनि फुकुवा गराउने क्रममा छ । विभाग प्रहरीमा भर्नाका लागि म्यानपावर कम्पनीलाई छनोटको जिम्मा दिने पक्षमा छैन । मंसीरमा छापा मार्दा तीन वटा कम्पनीले श्रमिकसाग १० लाख रुपैयाासम्म असुलेको पाइएपछि विभाग सरकारी तवरबाटै श्रमिक छनोट गरी पठाउनुपर्ने पक्षमा छ ।

भर्ना प्रक्रिया पारदर्शी भए प्रहरी र सुरक्षा गार्डमा करिब ८ हजार जनाको माग आउने जानकारी कतारस्थित नेपाली दुतावासले मन्त्रालयलाई गराइसकेको छ । केही कम्पनीका मागपत्र प्रमाणिकरणका लागि दुतावासमा छन् ।

माग आउन सुरु भएकाले श्रमिक कसरी छनोट गर्ने भन्ने विषयमा बुधबार मन्त्रालयले सर्वपक्षीय छलफल गरेको थियो । छलफलमा व्यवसायीले अन्य पदमा जस्तै प्रहरीमा पनि आफूले नै छनोट गर्न पाउनुपर्ने माग राखे । तर मन्त्रालय र विभागका उच्च अधिकृतले व्यवसायीले ठगेका धेरै उजुरी रहेको देखाएर सिधै अस्वीकार गरे ।

त्यसपछि छनोटको जिम्मा नेपाल प्रहरीको प्रतिष्ठानलाई दिने विकल्पमा छलफल भएपनि निर्णय हुन सकेन । बालुवाटारमा पहुाच राख्ने व्यवसायी कुनै हालतमा म्यानपावर कम्पनीमार्फत नै श्रमिक छनोट गराउने निर्णयका लागि लबिङ गरिरहेका छन् । यसले कतै कोटा गुम्ने त होइन भन्ने प्रश्न समेत उठाउन थालिएको छ ।

मलेसिया र खाडी मुलुकमा जाने श्रमिकसाग सेवा शुल्कवापत दश हजार रुपैयााभन्दा बढी उठाउन नपाउने निर्णय म्यानपावर कम्पनीले मानेका छैनन् । उनीहरुले विचौलिया खडा गरी जथाभावी उठाउादै आएका छन् । कतार प्रहरीमा आकर्षक तलब भएकाले छनोटको जिम्मा पाए उनीहरुको मनोमानी मौलाउने जोखिमलाई नकार्न सकिंदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *