कांग्रेसका ९ सय जनाले गरे ओलीको पक्षमा उभिने घोषणा, हस्तक्षर नै गरेर बुझाए देउवालाई !

समाचार

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि  जोखिमपूर्ण कदम उठाउन सक्ने उत्तिकै प्रवल सम्भावना छ । संसद बिघटन पछि ओलीले आफूलाई हिन्दूधर्मप्रति झुकाव रहेको प्रशस्त संकेत दिईसकेका छन् । पशुपतिनाथको मन्दिरमा संकल्प पूजा गरेका प्रधानमन्त्री ओलीले त्यसको केहि दिनपछि भरतपुरमा सम्बोधनका क्रममा अर्को वर्ष राममन्दिर बनाएर उद्घाटन गर्ने बताएका थिए। उनले के गर्न खोजेका हुन त्यसको केहि छनक पनि उनि समुहका अरु नेताले दिएका छैनन् ।प्रचण्ड–माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले हिन्दूराष्ट्र र राजसंस्था घोषणाको तयारीमा ओली रहेको टिप्पणी गरेका छन् । तर,ओलीले यसो गर्नुको पछाडि कांग्रेसको आन्तरिक राजनीतिमा  घुसपेठ भई पार्टि तहशनहश बनाउनु हो भन्ने बुझ्न गाह्रो छैन ।महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारीसहितका धेरै नेताहरू नेपाली कांग्रेसभित्र पनि हिन्दूराष्ट्रको पक्षमा बोल्दै आएका छन् । होलि वाइन काण्डमा लिन भएको मान्छे हिन्दु राष्ट्रको एजेण्डामा लाग्नु अस्वाभाविक हो तर, ओलीले कांग्रेस भित्र र पूर्व राजावादी भित्र खेल्नको लागि यस्तो रणनीति लिएका हुन सक्छन ।गत निर्वाचनमा राष्ट्रियताको कुरा उठाएका ओलीले रेल, पानीजहाज, पाइपबाट ग्यासलगायतका कुरा गरेर जनतालाई झुक्काइसकेका छन् । ओलीले अब जनतालाई हिन्दूराष्ट्रको विषयमा भ्रममा पार्न खोजेका हुन् । 

कांग्रेस फुटाउने चाल

नेपाली कांग्रेसको दुई वर्ष अगाडि सम्पन्न भएको महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न माग गर्दै करीव ९ सय जना महासमिति सदस्यहरूले हस्ताक्षर गरेर कांग्रेसको नेतृत्वलाई बुझाएका थिए ।तर, कांग्रेसको ठूलो जमात धर्मनिरपेक्ष, संघियता र गणतन्त्र जस्ता महत्वपूर्ण प्रगतिशील एजेण्डामा दृढ रहेकाले कांग्रेस सभापति शेर वहादुर देउवाले ठोस निर्णय लिन सकेनन् र तत्कालिन संकट टारे ।पछिल्लो समयमा पनि ओलीले हिन्दूराष्ट्रको पक्षमा कदम चालेको अवस्थामा कांग्रेस भित्रको ठुलो पंक्ति ओलीको पक्षमा खुलेरै साथ् दिने ओली पक्षका नेताहरुको दाबि छ।ओलीले आफ्नो पार्टि फुटी आफू कमजोर रहेको बेला अर्को पार्टीलाई पनि कमजोर बनाउन नयाँ अस्त्र फालेका मात्रै हुन् । यदि कांग्रेसले यस्तो निर्णय गरेमा पार्टी चरम विवादमा फस्ने र अन्तन्त दुई टुक्रा हुने ओलीको बुझाई हो।त्यसो त् प्रधानमन्त्री ओलीले आफू कमजोर भएकाले नै विप्लव लगाएत अन्य साना दललाई पनि चुनाव केन्द्रित रणनीतिमा प्रभाव पर्ने गरि काम गर्न खोजेको देखिन्छ ।

आमहड्तालको भोलि पल्ट यस्तो भने प्रचण्डले 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू एमसीसीको समर्थनमा पुगको भनि गरिएको प्रचार सत्य नरहेको बताएका छन्।उनले एमसीसीबारे पार्टीमा आफूहरु छलफलमै रहेको बताए ।शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘एमसीसीबारे पार्टीले निर्णय गरिसकेको छैन, हामी छलफलमै छौँ।बिहीबार आमहड्तालका क्रममा एमसीसीविरुद्ध नाराबाजी भएपछि प्रचण्डले रोकेका थिए । उनले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए।‘हिजो हामीले संवैधानिक परिषद्को ज्यादतिपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, प्रचण्डले भने।उनले भने, ‘यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौँ भनेको हो । एमसीसीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन । तर एकजनाले प्याच्च अर्को नारा हाल्देछन् ।मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन् । जता पायो त्यतै नारा नलाउनुस् भनेको हो । उनले आफूले केहीदिन अघि अमेरिकन राजदूतसँग कुरा गर्दा पनि एमसीसी परिमार्जन गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *