वडा अध्यक्षको घरमा युवती मृ’त फेला, वडाध्यक्ष फ’रार

राष्टिय

कैलाली । कैलालीमा एक युवती मृ’त फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरिगङ्गा नगरपालिका–३ मा करिब २२ बर्षकी सञ्जिता चौधरी झु’न्डिए’को अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले दिएकाे जानकारी अनुसार सञ्जिता गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा मृ’त फेला परेकी थिइन् ।खुट्टा भुइँमा छोइएको अवस्थामा मृ’त भेटिएकी सञ्जिता र निरज केही समयदेखि प्रेम सम्बन्धमा रहेका प्रहरीको अनुसन्धानमा खुलेको छ।

कार्यवाहक वडाध्यक्ष निरज श्रीमतीसहित फरार छन् । उनले हालै मात्र अर्को बिबाह गरेका प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *