अमेरिकी पूर्वराष्ट्रपति ओबामाले पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पा बारे फिल्म बनाउने, दर्शक उत्साहित

समाचार

काठमाडौं – पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका तेन्जिङ नोर्गे शेर्पाबारे फिल्म बन्ने भएको छ । 

एड डग्लसले सन् २००३ मा लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ को आधारमा बन्ने यस फिल्म अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले बनाउने भएका हुन् । उनीहरुको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले सो फिल्म बनाउने बताइएको छ । 

सन् १९५३ मे २९ मा सोलुखुम्बुका तेन्जिङ र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा चढेका थिए । ओबामा दम्पतीले आरोही तेन्जिङको बिषयलाई लिएर फिल्म बनाउने भएपछि दर्शकहरु निकै उत्साहित भएका छन् । यस फिल्मको रिलिज मिति, छयांकन र कलाकार भने खुलिसकेको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *