समाजका कलंकहरुको नाश होस् – महावीर पुन

समाज

काठमाडौ । इण्डियन लाहुरे राहूल र स्मिताको सम्बन्ध विच्छेद हुन लागेकोदेखि भएको सम्मका खबरहरुले सामाजिक सञ्जाल तताएपछि यतिबेला भने फेरी उनीहरुको पुनर मिलनले सामाजिक सञ्जाल तताई रहेको छ ।राहुल गुरुंग र स्मिताको जीवनमा एक सुखद मोड आएको छ । राहुलले स्मिताका सबै गल्ती माफ गरेर घर भित्र्याएका छन् । उनले स्मितालाई साथै लगेर सिन्दुर हालेका थिए ।राहुल गुरुङ र स्मिताको बैवाहिक जीवन, आएको नयाँ मोड, डिभोर्स र पुर्निववाहको अहिले सबैतिर चर्चा छ । उनीहरुको पुनर्मिलनको कामना धेरैले गरेका थिए जुन अहिले पूरा भएको छ । धेरै नेपालीहरुले यो जोडिलाई केही दिन यता नजिकबाट नियालीरहेका छन् ।

नेपाली बैज्ञानिक तथा राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले पनि यस बिषयमा मुख खोलेका छन् । उनले फेसबुकमा एक स्टाटस लेख्दै खुशी ब्यक्त गरेका छन् । समसामयिक बिषयमा फेसबुकबाट प्रतिक्रिया दिने पुनले यसबारे पनि बोलेका हुन् ।उनी फेसबुकमा लेख्छन्, बिस्तृत रुपमा सबै कथा ता पढ्न पाएको छैन तर अन्तिम कुरा बुझ्दा यो राहुल भाई ज्यादै बिशाल हृदय भएको मानव रहेछन भन्ने कुरा पक्का भयो र यस्ता मान्छे करोडौमा एक दुइ जना मात्र हुन्छन् । यस्तो निर्णय गर्ने साहस साधारण मान्छेलाई आउंदै आउंदैन ्र अनि स्मिता बहिनीले पनि भुल स्वीकार गरेर गल्ती बाट पाठ सिकेको बुझियो, त्यो पनि असल मानिसमा हुनै पर्ने गुण हो ।एक जना मान्छेले जीवनमा हजारौं गल्ति गर्छ तर त्यो गल्ति बाट पाठ सिक्ने हो भने गल्ति गरेकोमा केहि फरक पर्दैन बरु फाइदा नै हुन्छ ्र दुबैको जय होस् र समाजका कलंकहरुको नाश होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *