नयाँ प्रस्तोताले सञ्चालन गरेको सिधा कुरामा डिसलाइकको ओइरो

समाचार समाज

नयाँ प्रस्तोताले सञ्चालन गरेको न्यूज २४ को चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई युट्युबमा लाइकभन्दा डिसलाईक धेरै गरिएको छ।

सञ्चारकर्मी रवि लामिछानेले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा नयाँ प्रस्तोता आएकी हुन्। माघ ११ गते राति प्रशारण भएको कार्यक्रमलाई सम्झना भुजेलले सञ्चालन गरेकी छन्।आइतबार राति प्रशारण भएको कार्यक्रम युट्युबमा १८ घण्टा अगाडि प्रशारण भएको थियो । यो समाचार तयार पार्दासम्म कार्यक्रममा ११ हजार ४ सय जनाले लाइक गरेका छन् भने १९ हजार २ सय हजारले डिसलाइक गरेका छन् ।

कार्यक्रम प्रस्तोताले यसअगाडिका ६४२ श्रृंखला कार्यक्रम सञ्चालन गरेका प्रस्तोता रवि लामिछाने बिदा भएको जानकारी गराउँछिन्। नयाँ प्रस्तोताले कार्यक्रम सञ्चालन गर्दा दर्शकले कार्यक्रम सञ्चालिकालाई बधाई र राम्रो गर्नको लागि शुभकामना दिएका छन् भने रवि लामिछानेलाई देख्न नपाएकोमा दुख लागेको लेखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *