Prakas Saput

लोकप्रिय गायक प्रकाश सपुतलाई , कोरना संक्रमण … अत्यन्तै भावुक हुँदै लेखे यस्तो सन्देश – हेर्नुहोस्

राष्टिय समाचार स्वास्थ्य

लोकप्रिय गायक प्रकाश सपुतलाई कोरना संक्रमण, अत्यन्तै भावुक हुँदै लेखे यस्तो स्टाटस !काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार उनको स्वास्थ्य अबस्था सामान्यनै रहेको जानकारी आएको छ।लोकप्रियताको सिखरमा रहेका सपुतलाइ यो बेला सबैले स्वास्थ्य लाभको कामना गरिरहेका छन।

काठमान्डौमै रहेका सपुत गत बर्षको कोरोनाको समयमा गृह जिल्ला बाग्लुङमै रहेका थिए।कोरोना आपतकालीन कोषमा समेत उनले सहयोग गरेका थिए।6सपुतको जुन गीत आएपछि आम नेपालीको मन जित्ने बन्ने गरेको छ।

उनले नमस्कार गीत बजारमा ल्याएर कोरोनाको सजकता अपनाउने बाटोको सुरुवात गरेका थिए भने अहिले यो देश मेरो पनि हैन र बोलको गीतले उस्तै संदेश छरेको छ। सपूतले आफ्नो साथीभाईलाइ सजक रहन अनुरोध समेत गरेका छन।

कोरोनाले जुनसुकै समयमा अप्ठ्यारो पार्ने भन्दै आफु संग भेट भएका सबैले पिसिआर टेस्ट गर्न समेत अनुरोध गरेका छन।प्रकाश सपूतले फेसबुकमा लेखेका छन न्ततः काठमाण्डौ मेडिकल कलेज ( KMC) का अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला ।

एकदमै धेरै शरिर दुख्ने/ गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *