आजको मौसम पूर्वानुमान: कहाँ कस्तो रहला?

Uncategorized

काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae” थप कमजोर भई न्युनचापिय क्षेत्रका रुपमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा राती वर्षा समेत भएको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसोदेशभर आंशिक देखि सामान्य  बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर-पश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य  बदली र अन्य भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशका केही स्थानहरुमा हल्का देखि मध्यम  बर्षा र सुदूर–पश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक  सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *