लमजुङ केन्द्रबिन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गयो थाप जानकारी को लागि पढ्नुहोस्

राष्टिय समाचार

काठमाडौँ- काठमाडौँमा भर्खरै भु-कम्पको ठुलो धक्का महसुस भएको छ । बिहान ५ बजेर ४३ मिनेटमा भुकम्पको ठुलो धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

गाडी गड्याङग गुडुङ गर्दै भिरबाट खस्यो, त्रिशुलीमा पौडी खेलेर बाहिर निस्किँए, श्रीमती र छोरीलाई निकाल्न सकिन छोरी जेनिसाको केही समय अगाडि पत्थरीको अप्रेसन गरिएको थियो । तर अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएर थप उपचार गर्नुपर्ने भयो । त्यसका लागि घर परिवारमा सल्लाह गरेर काठमाडौं जाने नि’धो गर्यौं ।

हिजो साँझ लु.१ च. ९७३१ नम्बरको जिपमा म, छोरी जेनिसा र श्रीमती जमुना काठमाडौंका लागि हिँ’ड्यौँ । जिप चालक सूर्य केसी थिए ।यात्रा राम्रैसँग चलेको थियो । बिहानीपख निद्राले अलि झकाएको थिएँ । एक्कासी छोरी र श्रीमती चिच्याए । आँखा खो’ल्दा गाडी गड्या’ङग गुडुङ गर्दै भिरबाट खस्यो र त्रिशुलीमा पुग्यो।

बग्दै गरेको गाडीको झ्याल ढोका खोल्ने प्र’यास गरेँ । मैले अलिकति पानी पनि पि’इसकेको थिएँ । अब सक्कियो भन्ने लागेको थियो । केही तल पुगेपछि संयोगले ढो’का वा झ्याल के खुल्यो । म बाहिर निस्किएँ । तर, ड्राइभर, श्रीमती र छोरीलाई निकाल्न सकिन ।पौ’डी खेलेर नदी पार गरेँ । मैले गुहार माग्न चिच्याए । तर कसैले सुनेन । मुस्किलले राजमार्गमा आएँ । काठमाडौंबाट आउँदै गरेको ट्रकलाई रोकेर घटनाबारे बताएँ ।

ट्रक ड्राइभरले प्रहरीलाई खबर गरे। मुग्लिनबाट प्रहरी टोली तुरुन्तै घटनास्थल पुग्यो । त्यतिबेलासम्म मैले आफ्नो भिजेको लुगा खोलेर ट्रक ड्राभइभरको लुगा लगाएको थिएँ । प्रहरीले मलाई गाडीमा हालेर भरतपुर पुरानो मेडिकल कलेजमा उप’चारका लागि ल्यायो। अहिले मेरो उपचार भइरहेको छ । अवस्था सामान्य नै छ । अलि टाउको, घाँटी र छाती दु:खेको छ । नदीको पानी पिएका कारण वान्ता पनि भयो ।

शायद पानी वान्ता गरेकाले छाती दुखेको होला । छातीमा सामान्य चोट देखिएको छ । मैले जति प्रयास गर्दा पनि श्रीमती र छोरीलाई बाहिर निकाल्न सकिन । उनीहरुको अबस्था के छ थाह छैन । घर परिवारलाई फोन गरेर नआत्तिन भनेको छु ।(घाइते रोकासँग सुमन आचार्यले गरेको कुराकानीमा आधारित । उहाँसँग कुरा हुँदै गर्दा त्रिशुलीमा जिप भे’टिएको र श्रीमती तथा चाल’कको श”व निकालिएको समाचार आइसकेको छ । छोरीको खोजी जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *