अब यसरी मात्र नेपालीले खोप लाउन पाउछन,पढ्नुहोस

Uncategorized

खोपबारे राजनीतिक नेतृत्व र जिम्मेवार तहले झुटो आश्वासन बाँड्नुको सट्टा अहिलेसम्म गरिएका पहल प्रष्टसँग बताउनुपर्छ। असल नेतृत्वले नागरिकलाई सही सूचना दिनुपर्छ, ताकि उनीहरूले समयमै सही निर्णय गर्न सकून्। 

डा. दिग्विजय महत
संसारभरिका शक्ति राष्ट्रहरूको दौड अहिले कोरोना भाइरसविरुदको खोप खरीद गरेर आफ्ना नागरिकलाई जोगाउनेतर्फ केन्द्रित छ। हुन त म नेपाल सरकारको आधिकारिक प्रतिनिधि होइन, तर देशलाई आवश्यक परेका बेला नागरिकले सहयोग गर्नुपर्छ भनेर गत अक्टोबरदेखि नै खोप खरीदमा म र रूपालक्ष्मी शाहले सहयोगको पहल गरिरहेका छौं।

अमेरिकामा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्ने भएकाले विभिन्न सम्पर्क सूत्र मार्फत अमेरिकामा उत्पादित खोप खरीदका लागि नेपाल सरकारलाई सहयोगको प्रयत्नमा छौं। नेपालमा सरकारी र गैरसरकारी क्षेत्रका थुप्रै व्यक्तिले पनि कोरोनाभाइरस परीक्षण गर्ने ल्याब स्थापना तथा खोप खरीदका लागि पहल गरिरहनुभएकै छ।

यसै क्रममा, मोडर्ना नामक खोप उत्पादक कम्पनीका संस्थापक बब ल्यांगरसँग उक्त कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप खरीदका विषयमा पहल गर्‍यौं। उनले सदाशयतापूर्वक आफ्नो कम्पनीका वरिष्ठ उपाध्यक्षलाई इमेल लेखिदिए। सम्पर्क स्थापित भएपछि मोडर्ना र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबीच वार्ता पनि भयो। उनीहरूले खोपका लागि कुर्न पनि भने।  

तर, केही दिनअघि मात्रै उनीहरूले नेपाल सरकारलाई सोझै खोप बिक्री गर्न नसकिने बताउँदै कोभ्यास मार्फत आउन सुझाव दिए। सोझै खोप खरीदको हाम्रो लामो प्रयत्न खेर गयो। 

वास्तवमा, विदेशी खोप उत्पादक कम्पनीहरूलाई नेपाल जस्तो गरीब देशलाई खोप बेच्न फाइदा छैन। खोपको वैश्विक अर्थराजनीति पनि छ। 
मोडर्नाको कोभ्याक्स विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विश्वकै ठूलो खोप खरीद एवं आपूर्ति अभियान हो, यसले नेपाल जस्ता विपन्न देशलाई खोपको पहुँच बढाउँछ। तर, दुर्भाग्य के छ भने, यो सुविधाको कार्यान्वयन तत्काल हुँदैन, लामो समय कुर्नुपर्छ। 

खोप उत्पादक अर्को अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनसँग पनि दुई महीनाअघि नोबेल पुरस्कार विजेता प्राध्यापक फिलिप शार्प मार्फत खोप खरीदको पहल शुरू गरिएको थियो। मेरा प्राध्यापक शार्प नेपाललाई माया गर्ने भएकाले उनले अग्रसरता लिएर खोपको पहुँच उपलब्ध हुन्छ कि भनेर सहयोग गरिदिएका थिए। शार्पको सहयोगमा पहिलो पटक हामीले जोन्सन एन्ड जोन्सनसँग नेपाल सरकारलाई जोड्यौं। सरकारले पनि छुट्टै संयन्त्र मार्फत जोन्सन एन्ड जोन्सनको खोप खरीदका लागि पहल गरिरहेको रहेछ। दुबैतर्फको पहल एकै स्थानमा पुगेर ठोकियो अर्थात्, जोन्सन एन्ड जोन्सनले दिल्लीस्थित दक्षिण एसिया कार्यालयमा कुरा गर्न सिफारिस गर्‍यो।

जोन्सन एन्ड जोन्सनको दक्षिण एसिया कार्यालयका अधिकारीहरूसँग खोप खरीदको सम्भावनाका विषयमा लामो र पटक पटक छलफल भयो। तर, उनीहरूले पनि अहिले आएर नेपाललाई खोप बिक्री गर्न नसकिने बरु कोभ्याक्स सुविधामार्फत नै जान सुझाव दिए।

अनुदानमा आशा

हाम्रो अन्तिम पहल र आशा अब अमेरिकी सरकारले अनुदानमा दिन लागेको एस्ट्राजेनेकाको भ्याक्सिनमा छ। अमेरिकाले आफूसँग भएको ६ करोड खोप गरीब राष्ट्रहरूलाई दिने भनेको छ। त्यो खोपको केही अंश पाउन सकिन्छ कि भनेर हामीले एउटा सम्पर्क सूत्र मार्फत पहल गरिरहेका छौं। 

अमेरिकी विश्वविद्यालय एमआईटीमा काम गरेका एरिक ल्यान्डर अहिले राष्ट्रपति जो बाइडेन सरकारको मन्त्रिपरिषद्का सदस्य छन्। ल्यान्डर मेरा प्राध्यापक शार्पको नजिकका मित्र भएकाले अहिले उनीसँग नै हामी खोप अनुदानको पहल गरिरहेका छौं। 

सरकारसँगै अमेरिकास्थित नेपाली राजदूतावास, काठमाडौंस्थित अमेरिकी राजदूतावास पनि अनुदानको खोप पाउने सूचीमा नेपाललाई राख्न पहल गरिरहेकै छन्। आशा छ, अमेरिकाले दिने यो खोप नेपालले पनि पाउनेछ।

वास्तवमा, विदेशी खोप उत्पादक कम्पनीहरूलाई नेपाल जस्तो गरीब देशलाई खोप बेच्न फाइदा छैन। खोपको वैश्विक अर्थराजनीति पनि छ। 

मोडर्नाले खोप बिक्री गर्दा सम्बन्धित देशको आर्थिक अवस्था हेरेर मूल्य निर्धारण गर्छ। नेपाललाई सीधै खोप बिक्री गर्दा कम मूल्यमा बेच्नुपर्ने हुँदा अहिलेको अवस्थामा धनी देशलाई वा कोभ्याक्स जस्ता पहलकदमीलाई खोप बिक्री गर्दा बढी लाभ हुन्छ।
मोडर्नाले खोप बिक्री गर्दा सम्बन्धित देशको आर्थिक अवस्था हेरेर मूल्य निर्धारण गर्छ। नेपाललाई सीधै खोप बिक्री गर्दा कम मूल्यमा बेच्नुपर्ने हुँदा अहिलेको अवस्थामा धनी देशलाई वा कोभ्याक्स जस्ता पहलकदमीलाई खोप बिक्री गर्दा बढी लाभ हुन्छ। मोडर्ना जस्ता लामो समयदेखि घाटामा चलिरहेका कम्पनीको नाफा कमाउने अवसर पनि हो यो। 

अर्को सत्य यो पनि हो कि, नेपाल जस्ता देशले जति रकम खन्याए पनि भनेको बेला खोप किन्न पाउने अवस्था छैन। किनभने, धनी देशहरूले लामो समयदेखि खोप किन्न रकम बुझाएर बसेका छन्। जस्तो कि, खोप बन्ने सुनिश्चितता समेत नभई अमेरिकी कम्पनीहरूलाई पैसा बुझाएर कुरेर बस्ने देशहरू समेत थिए। 

हामी सबैले बुझ्नुपर्ने के हो भने, अहिलेको परिस्थितिमा पैसा भएर पनि र जति प्रयत्न गरे पनि विश्व बजारमा खोप सर्वसुलभ छैन। वास्तवमा, खोप किन्न नेपाल सरकार कानमा तेल नै हालेर बसेको वा वास्ता नगरी बसेको चाहिँ होइन, नपाइएकै हो। 

मेरो विचारमा खोप खरीदमा हाम्रो अहिलेको असफलतामा यो सरकारको मात्र दोष नभई दशकौंदेखिको हाम्रो अव्यवस्था, राजनीतिक र आर्थिक अराजकता तथा अकर्मण्यताको एकमुष्ट स्वरूप हो। यसबीचमा हामीले नयाँ आविष्कारका लागि, कूटनीतिक सीप विकासका लागि कस्ता सुधारहरू गर्‍यौं त भन्ने प्रश्न विचारणीय छन्। 

खोपबारे राजनीतिक नेतृत्व र जिम्मेवार तहले नागरिकलाई झुटो आश्वासन बाँड्नुको सट्टा अहिलेसम्म गरिएका कूटनीतिक र राजनीतिक रूपमा गरिएका पहल प्रष्टसँग बताउनुपर्छ। असल नेतृत्वले नागरिकलाई सही सूचना दिनुपर्छ, ताकि उनीहरूले सही निर्णय गर्न सकून्। खोप किन्न सरकारसँग रकम पनि भएको, तर विश्व बजारमा खोप खरीद गर्न खोज्दा आइपर्ने समस्याहरूबारे बताउनुपर्छ। 

धेरैलाई नेपाल ‘खास महत्त्व’को देश हो, त्यसैले शक्तिराष्ट्रहरूले खोप र अन्य अत्यावश्यक सामग्री दिन्छन् भन्ने भ्रम छ। तर, मेरो विचारमा नेपालले शक्तिराष्ट्रहरूलाई आकर्षित गर्न सक्ने खालको चिज केही पनि छैन। हो, ठूला दुई देश चीन र भारतको बीचमा नेपाल छ। तर, यसको रणनीतिक महत्त्व सन् १९७०-८० को दशकमा जति हुन्थ्यो, अहिले छैन। अहिले त नेपालले खेल्न सक्ने रणनीतिक कार्ड पनि छैन।

धेरैलाई नेपाल ‘खास महत्व’को देश हो, त्यसैले शक्तिराष्ट्रहरूले खोप र अन्य अत्यावश्यक सामग्री दिन्छन् भन्ने भ्रम छ। तर, नेपालले शक्तिराष्ट्रहरूलाई आकर्षित गर्न सक्ने खालको चिज केही पनि छैन। नेपालको रणनीतिक महत्त्व सन् १९७०-८० को दशकमा जति हुन्थ्यो, अहिले छैन। अहिले त नेपालले खेल्न सक्ने रणनीतिक कार्ड पनि छैन।
खोपका लागि अब के गर्ने त भन्ने प्रश्न उठ्छ। सबै नागरिकलाई तत्काल खोप दिन हामीसँग धेरै विकल्प छैनन्। पहिलो विकल्प, विश्व स्वास्थ्य संगठन जस्ता संस्थाले दिने खोपको सुविधा पाउन दबाब दिइराख्नुपर्छ। यसका लागि हल्लाखल्ला पनि गरिरहनुपर्छ। 

दोस्रो, रसिया, चीन जस्ता देशले उत्पादन गरिरहेको खोप खरीद वा अनुदानमा ल्याउन व्यापक पहल गरिराख्नुपर्छ। सरकारी मात्र होइन, गैरसरकारी र सम्भव भए जति सबै खाले माध्यमहरूको प्रयोग गर्नुपर्छ। 

तेस्रो चाहिँ, धनी देशहरूले किनेर बचत भएको खोप अनुदानमा ल्याउन प्रयत्न थालिहाल्नुपर्छ। बलियो कूटनीतिक पहल भएमा जगेडा खोप ल्याउन सकिन्छ। जस्तै, इजरायल जस्ता देशसँग बढी भएको खोप ल्याउन पहल गर्न सकिन्छ।

सबैलाई खोप उपलब्ध नहुँदा र महामारी विस्तार हुँदै जाँदा निषेधाज्ञा लम्बिँदै जानसक्छ। त्यसबाट बच्ने एउटै उपाय भनेकोे जनस्वास्थ्यका नियमहरू कडाइका साथ पालना गर्नु नै हो। नागरिकहरूले के बुझ्नुपर्छ भने, सबैलाई पुग्ने गरी खोप आउन समय लाग्छ, त्यसैले महामारीबाट बच्न स्वास्थ्य सुरक्षाको उपाय नै अहिलेका लागि सबैभन्दा सहज विकल्प हो। 

(डा. महत अमेरिकाको मासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) मा क्यान्सर सम्बन्धी अनुसन्धान वैज्ञानिकका रूपमा कार्यरत छन्। उनीसँग गरिएको कुराकानीमा आधारित।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *