निषेधाज्ञामा नक्कली प्रेस कार्ड बनाएर हिड्ने चितवन प्रहरीद्धारा पक्राउ

Uncategorized

काठमाडौँ — चितवन प्रहरीले नक्कली पत्रकारलाई पक्राउ गरेको छ । भरतपुर ३ पुल्चोकमा चेकजाँच गर्ने क्रममा गैँडाकोटस्थित आमा डिजिटल फ्लेक्स प्रिन्टको नाममा प्रेस लेखी बनाएको परिचयपत्र भिरेका गैँडाकोट ५ का २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्रणमा लिइएको हो । रिपोर्टर हुँ भन्दै देखाएको परिचयपत्र शंका लागि सोधपुछ गर्दा कुनै सञ्चारमाध्यमको सम्वाददाता नभएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए । पछिल्लो समय को,_रोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञापछि बजारमा नक्कली पत्रकारको बिगबिगी बढ्दै गएको छ ।

अरु-

निषेधाज्ञाको अवधिमा मर्निङ तथा इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान ८ बजेसम्म खुला गर्न पाइने, बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबारमात्रै खोल्ने, सहकारी लगायत वित्तीय संस्था पूर्णरुपमा बन्द गरिने प्रजिअ पाण्डेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *