बालाजुमा अक्सिजन सिलिन्डर भर्नेको भीड [तस्बिरहरू]

समाचार

काठमाडौँ — बालाजु औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा अक्सिजन भर्न निकै भीड लाग्न थालेको छ। कोरो,ना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ ।

अक्सिजन अभाव चर्किंदै गएपछि मानिसहरु आफै फ्याक्ट्री गेटसम्म धाउन बाध्य भएका छन । खाली सिलिन्डर भरिएर कतिखेर आउने होला भनेर निराश मुद्रामा बसेका भेटिन्छन् ।

हामीलाई कति मात्रामा चाहिन्छ अक्सिजन ?

बेलायतस्थित युनिभर्सिटी अस्पताल बर्मिघंमको इमरजेन्सी मेडिसिनमा कार्यरत डा.राज झाका अनुसार एउटा स्वास्थ्य मानिसलाई सामान्य अवस्था अक्सिजनको मात्रा न्यूनतम ९४ प्रतिशत हुनुपर्छ । दमका बिरामी तथा अन्य रोगीहरुका लागि ८८ देखि ९२ प्रतिशत हुने उनी बताउँछन् ।

उनका अनुसार एउटा वयष्क मानिसले हरेक एक मिनेटमा ७ देखि ८ लिटर हावा लिन्छ । लिएको हावामा करिब २१ प्रतिशत मात्रै शुद्ध अक्सिजन हुने उनले बताए । सरदर एक स्वस्थ्य मानिसलाई दैनिक ५ सयभन्दा बढी लिटर शुद्ध अक्सिजन चाहिने उनी बताउँछन् ।

अक्सिजन भर्न आउनेको भीड बढेसँगै प्रहरी परिचालन गरिएको छ। पछिल्लो समय धेरै कोरो,ना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने र अक्सिजन दिनुपर्ने अवस्था देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *