भरतपुर अस्पतालमा शनिबार दुई संक्रमितको मृत्यु

समाज स्वास्थ्य

चितवन, वैशाख २५ 
चितवनको भरतपुर अस्पतालमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र नवलपरासी ९सुस्ता पूर्व० गैंडाकोटका एक जना रहेका छन् । 

अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । 

यसैगरि गयराति चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलाका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ५ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति ९ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार मात्रै कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा राखेर उपचार थालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *