Remdesivir Injection कालोबजारी गर्ने व्यक्ति पक्राउ

राष्टिय समाचार समाज स्वास्थ्य

” Remdesivir Injection कालोबजारी गर्ने व्यक्ति पक्राउ “घटना विवरण :हाल विश्‍वभरी माहामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमित व्यक्तिलाई आवश्यक पर्ने Remdesivir Injection को कालो बजारी भैरहेको छ भन्ने सुचनाका आधारमा खोज तलास गर्ने क्रममा Remdesivir Injection ६ थानको मुल्य करिब ३० हजार पर्नेमा रु.१ लाख २० हजारमा बिक्रि वितरण गर्ने भनि बार्गेनिङ गरी उक्त औषधी सहित बसुन्धरामा बिक्री वितरण गर्न आएका जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं टोखा बस्ने बर्ष-२५ को रफिक मियालाई Remdesivir Injection ६ थान सहित महानगरीय अपराध महाशाखा,मिनभबनको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको । निज पक्राउ प्रतिवादीले का.जि.महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दिपक ढकालसँगको मिलेमतोमा उक्त औषधी ल्याएको खुल्न आएकोमा

हाल निज दिपक ढकाल फरार रहेकोले उक्त फर्मा सिल गरी थप अनुसन्धान तथा खोजतलास भईरहेको । उक्त Injection बाहिर बजारमा सजिलै उपलब्ध नहुने, कोभिड-१९ उपचारको लागी तोकिएका अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत उपलब्ध गराउने गरेको भन्ने बुझिएको । उक्त औषधी के कसरी औषधी पसलसम्म पुर्‍याईयो तथा यस प्रकरणमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने विषयमा समेत थप अनुसन्धान भईरहेको ।
पक्राउ व्यक्ति : नाम थर : रफिक मिया
उमेर : २५ वर्ष
स्थायी वतन : जिल्ला गोरखा आरुघाट गा.पा.वडा नं.-४
हाल : जिल्ला काठमाण्डौं टोखा बस्ने मिति २०७८/०१/२३ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *