अमेरिकाको क्यालिफोर्नियामा नेपाली विद्यार्थी रोजी रानाको निध’न

समाचार

क्यालिफोर्निया । अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको निध’न भएको छ । क्यालिफोर्निया राज्यको सेक्रमेन्टो सिटीमा बस्दै आएकी २८ वर्षिया रोजी रानाको मृ’त्यु भएको हो ।एक अनौठो रोगको कारण सेक्रमेन्टोस्थित सटर जनरल अस्पतालमा उपचारको क्रममा उनको निध’न भएको छ । नेपालस्थित कास्की जिल्ला घर भएकी रानाको श’वलाई कतार एयरलाइन्स मार्फत आजै नेपाल पठाइएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । विद्यार्थी भिषामा अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृ’त्यु भएको थियो ।

जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पार्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य श’व सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले उल्लेख गरेका छन् ।रानाको केकस्तो रोगको संक्रमणबाट मृ’त्यु भएको हो भन्ने कुरा खुलेको छैन । मृतक युवतीको श’व नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पुरा गरी श’व स्वदेश पठाउन करीव दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए । अमेरिकाबाट नेपाल श’व पठाउन निकै लामो समय र जटिल प्रशासनिक एवं एयरलाइन्स सम्बन्धी प्रक्रिया पुरा गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *