पाथीभरा दर्शनका लागि जाँदा लेक लागेर दुई वर्षीय बालकको मृ`त्यु

समाचार समाज

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृ’त्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको आज मृ`त्यु भएको हो । अभिभावकले आफ्ना बालकलाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो ।

अन्य समाचार: आज बंगलादेशबाट ल्याएको रेम्डिसिभिर औषधि ५० अस्पतालले पाए, काठमाडौं,२१ वैशाख । बंगलादेशबाट आज काठमाडौंमा ल्याइएको कोभिड १९ संक्रमित बिरामीहरुको उपचारकालागि प्रयोग गरिने रेम्डिसिभिर औषधि विभिन्न अस्पतालहरुलाई वितरण गरिएको छ । मुलुकभरका ५० वटा अस्पताललाई दुई हजार ४०९ भाइल र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको छ । कुन अस्पताललाई कति भाइल दिइयो ? त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल पुलिस हस्पिटल १०८, ग्रान्डी हस्पिटल ५४, चियायु नेशलन हस्पिटल, ५४, केडिसी २७, भक्तपुर हस्पिटल २७, मध्यपुर हस्पिटल १२, ह्याम्स हस्पिटल १०८, बी एण्ड बी ५४, नर्भिक ५४, शहीद शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पताल १०८, काठमाडौं मेडिकल कलेज ५४, हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल २७, ओम हस्पिटल ५४।

निदान हस्पिटल ५४, मेडिकेयर हस्पिटल ५४, बयोधा हस्पिटल १२, ग्रिनसिटी हस्पिटल ५४, खांग्री हस्पिटल १२, मनमोहन मेमोरियल हस्पिटल २४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र १२रु नेपाल आर्मी हस्पिटल ५४, नेपाल शसस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी हस्पिटल १८, मेडिप्लस १२, कोरियन मैत्री हस्पिटल १२, शिर मेमोरियल १२, बीर हस्पिटल ५४, मेडिसिटी हस्पिटल १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७।

सिभिल सर्भिस हस्पिटल १०८, नेपाल नेशनल हस्पिटल ५४, नारायनी उपक्षेत्रीय हस्पिटल ५४, भरतपुर १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटल २७, नेपाल भारत मैत्री हस्पिटललाई २७ भाइल वितरण गरिएको छ । २०० भाइल सिधै बिरामीलाई उपलब्ध गराइएको छ ।सो औषधिको एमआरपी मूल्य ५ हजार १ सय भएको र बिरामीले ४ हजार ९ सयमा प्राप्त गरेका छन् । औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल भन्दा बढी रेम्डिसिभिर औषधि आपुर्तिका लागि विभिन्न आयातकर्तालाई अनुमति प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *