यो भाईलाई तपाई के भन्न चाहनु हुन्छ कमेन्ट आफ्नो विचार कमेन्ट गर्नुहोस ।

समाचार

ॐ ॐ ॐ ॐ ॐ लेखेर हाम्रो हिन्दु समाज मा गणेश लाई भगवान मान्ने गर्छ्न अफनो आफ्नो रित रिवात प्रम्परा चालचलन हुन्छ आफनो घर्म अनुसार आआफना भगवान हुन्छ्न हरेक धर्मका आ आफना मुल्य मान्यता हुन्छन धर्म कसैको ठुलो कसैको सानो भन्ने हुदैन । एक धर्म ले अर्को धर्मलाई सम्मान गर्न सिक्नु प्रदछ ।धर्मको नाममा द्वन्द्व मच्चाउनु महा पाप हो आखिर कति दिन होर हाअमि बाच्ने नेपाल बहु जाति बहु सास्किति रितिरिवाज ले भरिपुर्न देशको यहाका मानिसहरु मिलेर बसेका छ गर्ब लाग्छ नेपालि भएर बस्नु यो माथि भाईले यसरि फोटा खिच्नु गलत हो हस्तो लाग्छ तपाईं को बिचारमा के लाग्छ कमेन्ट गर्नुहोला

अन्य समाचार: चीनमा लामो समयदेखि कार्यरत भएका नाताले चिनियाँ अनुभव के कस्तो छ भनेर जिज्ञासा हुनु स्वाभाविकै हो। हाल चीनको ‘कोरोना काल’ अन्त्य भएर जनजीवन सामान्य छ। मानिसहरू भेला हुने पार्क वा सार्वजनिक स्थलमा व्यक्तिगत विवरण समेटिएको ‘क्यूआर कोड’ स्क्यान गर्ने बोर्ड त छ तर स्वयंसेवीहरू उति कडाइका साथ देखिँदैनन्। यसको सामान्य अर्थ हो अब चीनभित्र कोरोनाको गुञ्जायस छैन। मानिसहरूले एकद्वारबाट निस्किने र भित्रिने गर्दा ज्वरोलगायत व्यक्तिगत विवरण दर्ता गरेपछि पिछा गर्न सहज हुने ध्येयले यसअघि लगाइएका तारबारहरू पनि हटाइँदैछ। तथापि मानिसहरूमा अनुशासन भने दर्शनीय छ र अनुशासन नै महामारी मात्रै होइन, स्वच्छता निर्माणको एउटा कडी हो भन्न सकिन्छ ।

आइतबार बिदाको एक दिन सबवे उति भीड थिएन । कार्यालय समयमा पनि मानिसहरूले यात्रा पद्धतिमा परिवर्तन ल्याएका हुनसक्छन् । सिटअगाडि उभिएर मोबाइल चलाइरहेका एक अधवैंशेले मास्कभित्रै ख्याक्क ख्याक्क गरेपछि छेवैमा उभिएकी युवती मेरो नजिकतिर सरिन् । मुहारको रंग हेर्दा कुनै पश्चिमा जस्तो लाग्थ्यो तर जिउडाल हेर्दा होचो । पहिला पहिलाजस्तो चिनियाँहरू अचेल होचो हुन छाडे। नत्र पश्चिमाहरूले चिनियाँलाई बास्केटबल खेल्न नसक्ने भनेर हियाउँदैन थिए। अपवादलाई छोडेर चिनियाँ जिउडालप्रति पश्चिमाहरूको एकांगी सोचमा पनि परिवर्तन आइसकेको छ ।

गरिबी, अभाव, विशाल जनसंख्या र अदूरदर्शी नेतृत्वका कारण कुनै जमानामा पोषण अभावले ख्याउटे हुनुपर्ने बाध्यता चिनियाँमा रहेन । सन् २०२० देखि चीनले गरिबी पचाएर इतिहासमा सीमित गर्दैछ । ‘खाना खेर नफाल’ भनेर राष्ट्रपति सी चिनफिङले बारम्बार भनिरहनुपर्ने धनीहरूको देश भएको छ । देश गरिब हुँदा छरछिमेकीले मात्रै होइन, कुनै टाढाको शक्तिले पनि हेप्ने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *