नेपालमा आज ५ घण्टा विद्युत अबरुद्ध हुने,यी स्थानमा जाँदैछ लाइन ?

समाचार

भरतपुरका विभिन्न क्षेत्रमा आज ५ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रलेw निकालेको सूचना अनुसार आज विहान ९ बजेदेखि २ बजेसम्म विद्युत अबरुद्ध हुन लागेको हो । वितरण केन्द्र अन्तर्गत भरतपुर टर्मिनल बसपार्कदेखि गोन्द्राङसम्म सडक डिभिजन कार्यालय चितवनबाट छ लेन सडक विस्तार गर्न विद्युत संरचना सार्ने कामका लागि सो आसपासका क्षेत्रहरुमा विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ । भरतपुर २ फिडर र औधोगिक १ फिडर र आसपासका क्षेत्रमा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका सुपरभाइजर विनोद ढकालले जानकारी दिनुभयो ।

अन्य समाचार : नेपालगन्ज,बैशाख १९- ‘स्थिति सम्हालिसक्नु छैन’ भर्खरै भेरी अस्पतालको कोभिड वार्डबाट निस्केका डा पारस श्रेष्ठ भन्दैथिए, ‘हामी भोक–प्यास केही नभनि बिरामीको उपचारमा खटेका छौ । तर, जनशक्ति यति कम छ कि हामीले चाहेर पनि धेरै गर्न सक्ने स्थिति छैन ।’ फिजिसियन डा श्रेष्ठको भनाईले नेपालगञ्जको भयावह स्थिति जनाउँछ । १ सय ३५ बेड क्षमताको अस्पतालमा २ सय ७२ बेड राखेर उपचार भइरहेको छ । तैपनि, कोभिड वार्डका कुनै बेड खाली छैनन् । इमरजेन्सी कक्षमा बेड पर्खिनेको संख्या उत्तिकै छ । उनीहरुले पालो पाउन या कुनै बिरामी डिस्चार्ज हुनुपर्छ या त कसैको मृत्यु हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *