भोजमा ‘रसबरी’ नदिएको भन्दै कुटाकुट,विहे रोकियो

Uncategorized

एजेन्सी – भोजमा ‘रसबरी’ नदिएको भन्दै कुटाकुट हुँदा बिहेनै रोकिएको छ । विवाहको भोजमा खानपानको समयमा बेहुलाका भाइ पर्ने एक व्यक्तिले प्लेटमा दुईवटा रसवरी राख्न खोजे । तर, बेहुली पक्षले एउटा मात्र राख्न आग्रह गरेपछी रसबरीकै निहुँमा विवाद भएको थियो । जसका कारण हात हालाहाल समेत भयो ।

यस्तो घटना हो छिमेकी राष्ट्र भारतको हो, जहाँ एक रसवरीका कारण पूरै जन्ती फर्किएको छ । भारत कानपुर देहान गाउको कुरमापुरस्थित एक गाउमा जन्ती आएको थियो । १४ अप्रिलको राति जब २५ वर्षिय शिवकुमाको जन्ती आयो तव सवै ठिक थियो । तर जब रसवरीका कारण समस्या उत्पन्न भयो तव विवाह नै रोकियो । जब यो विषयमा बेहुलीले थाहा पाइन् तव उनले बिबाह गर्न नै इन्कार गरिन् । यो घटनापछि स्थानीय प्रहरी र विवादमा उत्रिएका बेहुला तथा बेहुली पक्षबीच सहमति गराउने प्रयास भएको थियो तर छलफलमा केही टुंगो लाग्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *