कोरोना त्रासः खोप लगाउनेको भीड बढ्यो

समाचार

काठमाडौं– कोरोना भाइरसको दोस्रो लहरले सर्वसाधारणलाई त्रसित भएको छ । खोप लगाउन खासै चासो नराख्ने सर्वसाधारणहरु अहिले खोजी खोजी खोप केन्द्र पुग्न थालेका छन् । स्थानीयको माग बढेपछि महालक्ष्मी नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विशेष आग्रह गरेर लुभु स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाएको छ ।

नगरबासीले खोप पाए सुरक्षित हुन सक्ने भन्दै माग गरेपछि वडा नं ८ स्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड– १९ विरुद्धको भेरोसिल खोप लगाउन सुरु गर्रिको मेयर रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पहिलो दिन ल्याएको १ हजार डोज सुरु गरिएको तीन घण्टामै सकिएको छ । ‘भोलि ३५ सय डोज मगाएका छौं,’ उहाँले भन्नुभयो, ‘जनस्वास्थ्यका मापदण्ड र प्रशासनको निषेधाज्ञा पालना गर्दै त्यसपछि पनि खोप सञ्चालन गर्नेबारे छलफल गरिरहेका छौं ।’

खोप कार्यक्रमको मंगबालर मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा नं ८ का वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो । खोप कार्यक्रममार्फत १८ देखि ५९ वर्षका लक्षित समूहहरूमा पर्ने व्यक्तिहरूलाई खोप लगाइने छ । मेयर श्रेष्ठले खोप कार्यक्रममा सहि तरिकाले मास्कको प्रयोग गर्ने, भौतिक दुरी कम्तीमा दुई मीटर कायम गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न र भीडलाई टोकन प्रणाली मार्फत नियन्त्रित गर्न निर्देशन दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *