नेपालमा फेरी बिहिबारदेखि लकडाउन सुरु हुँदै !!

राष्टिय समाचार समाज स्वास्थ्य

नेपालगञ्ज । तिव्ररुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा पनि लकडाउन सुरु भएको छ । देशभर लकडाउन घोषणा नगरिए पनि नेपालगञ्ज शहर सहित बाँकेमा लकडाउन गरिने भएको छ । सोमबार दिउँसो बसेको सर्वदलिय बैठकले बाँके जिल्लामा कोरोना संक्रमण घटाउन बिहीबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकमा कोरोना संक्रमणका कारण अस्पताल भरिभराउ भएको र लकडाउन बाहेक अर्को विकाल्प नभएको सर्वपक्षिय सुझाव दिएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले विहीबारदेखि लकडाउन हुने सूचना जारी गरेका हुन् । पहिलो चरणमा एक साता लकडाउन गरिने र त्यसपछि आवश्यकता अनुसार थप गर्न सकिने प्रजिअ गेलालले बताए ।

सर्वपक्षिय बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणा, भेरी अस्पतालका मेसु डाक्टर प्रकाश थापा, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डाक्टर नितेश कनोडिया, वेस्र्टन हस्पिटलका प्रवन्ध निर्देशक डाक्टर राहुल थापा, विभिन्न राजनितिक दल, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, पत्रकार, नेपाली सेना, नेपाल प्रहरी लगायतका सहभागिता रहेको थियो । कोरोना विरामीको उपचार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मात्र भैरहेकोछ ।

यी अस्पतालले कोरोना विरामी राख्न ठाउँ नभएको र लकडाउन गरि सम्पूर्ण प्रवन्ध मिलाउन बैठकमा आग्रह गरेपछि कोरोना नियन्त्रण गर्न लकडाउन नै गर्नुपर्ने निस्कर्षमा सबै पुगेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर राणाले तत्काल एक साताका लागि लकडाउन गर्न आग्रह गरेका थिए । लकडाउन अवधिभर लामो दूरीका सवारी साधनदेखि मान्छे समेत सडकमा हिडडुल गर्न पाउने छैनन् । खाद्यान्न किनमेल गर्न र अत्यावश्यक काममा हिँड्न भने पाइनेछ ।

बाँकेका एसपी ओमबहादुर रानाले लकडाउन पूर्णरुपमा कडाई गरि अनुमति बाहेकका सबै कुराहरुमा पूर्णरुपमा रोक लगाईने बताए । भेरी अस्पतालमा चैत २० गतेदेखि वैशाख ६ गतेसम्म १७ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार बाँकेमा ३२२ जना संक्रमित फेला परेकाछन् । यो अहिलेसम्मकै सर्वाधिक उच्च दर हो ।

उता आइतबार र सोमबार नियमित कक्षा चलाएको बाग्लुङ बलेवाको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा. यादवले बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाइ गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए । हाल सिरहामा एक महिलासहित सात जना सक्रिय कोरोना सङ्क्रमित रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *