श्रीमान र छोराछोरी छोडेर भारतीयसँ‌ग भागेकी कञ्चनपुरकी भागरथी राना कसरी ला’श बनेर फर्किइन्

Uncategorized

कुरा यही चैत्र ६ गते शुक्रबारको हो। कञ्चनपुरको बेलौरी नगरपालिका ४ रिछाहाका मोली राना सधैँझैँ बिहानै ४ बजे उठेर काममा निस्किन्छन्। इटा भट्टामा काम गर्ने उनी महेन्द्रनगर इटा पुर्याउनुपर्ने हुँदा बिहानै निस्किन्छन्। उनकी १२ वर्षीया छोरी प्रिती र ७ वर्षीय छोरा नैतिक राना पनि विद्यालय जानका लागि निस्किन्छन्। स्थानीय महाकाली माध्यमिक विद्यालयमा प्रिती कक्षा ६ र नैतिक कक्षा ४ मा अध्ययनरत छन्। 

के भएको थियो त्यो दिन ? दिनहुँ बिहान ४ बजे घरबाट गएर साँझ ६ बजे घर फर्कने गरेका मोली त्यो दिन भने अलि चाँडो आएर पसलमा चिया पिउन बस्छन्। साँझतिरको कुरा हो। उनका छोरा नैतिक आमा घरमा नभएको भन्दै बुवा मोलीलाई बोलाउन आउँछन् । छोराले आमा घरमा नभएको बताएपछि मोली पसलबाट घरतिर हिँड्छन्।  जाँदै गर्दा बुवा बोलाउनकै लागि पसलतिरै आइरहेकी छोरी प्रिती पनि घरमा सामानहरु लथालिङ्ग पारिएको सुनाउँदै आमा घरमा नभएको बताउँछिन्। त्यसपछि मोलीले आफ्नी श्रीमती भागरथी रानालाई गाउँघर यताउति खोज्न थाल्छन्। त्यहाँ कहीँ पनि भागरथी नभेटिएपछि उनले माइती गइन् कि भनेर उनका माइतीलाई सम्पर्क गरी सोध्छन्। तर भागरथीका आमाबुबाले उनी त्यहाँ नआएको खबर सुनाउँछन्। 

घरभित्र नियाल्दा छोरी प्रितीले बाकसभित्रका लुगाहरु निकालेर फालिएको देख्छिन्। “छोरीले भनेपछि जब मैले घरभित्र पसेर हेरेँ, त्यहाँ बाकसबाट लुगाहरु निकालेर फालेको देखेँ। अनि उनका २ तोला सुन र ४ तोला चाँदीका गहनासहित डेढ लाख रुपैयाँ पनि मैले भेटेन। मलाई अचम्म लाग्यो। सम्बन्ध त हाम्रो राम्रो नै थियो। अनि झ’गडा पनि भएको थिएन। गहना पैसासहित भागरथी कहाँ गएकी होलिन् त म सोचमा डुबेँ,” उनी भन्छन्। माइती पनि नगएकी भागरथी गहना र पैसासहित आखिर कहाँ गएकी होलिन् भन्ने छट्प;टाहटमा मोलीको त्यो रात बित्यो। 

भागरथीसँग देखिएका भनिएका युवक को थिए ?अर्कोदिन शनिबार ७ गते पनि उनी भागरथीलाई खोज्न थाले। घरमा साइकल नदेखेपछि साइकल र ३÷४ जोडी लुगा झोलामा बोकेर श्रीमती कहीँ गइन् भन्ने उनलाई लाग्यो। साइकल भने उनले भागरथीको माइती घरमा भेटाए। तर माइती पक्षले साइकल त्यहाँ ल्याएर कसले कतिबेला राख्यो थाहै नपाएको बताए। पछि केही गाउँलेहरुले शुक्रबार दिउँसो करीब २ बजेतिरको समयमा उनकी श्रीमती एकजना भारतीय नागरिकसँग जाँदै गरेको देखेको बताए। भारतको गोविन्दनगरका विक्रम कुमार नाम गरेका ती युवक पनि बेलौरीकै एक इटा भट्टामा काम गर्ने गर्दथे।  मोली भन्छन् –“म बाहेक मेरी श्रीमती, केही छिमेकी अनि भागरथीका माइतीले ती व्यक्तिलाई चिन्दा रहेछन्। म पनि इटा भट्टामै काम गर्ने भएको हुँदा ती व्यक्तिमो नाम त सुनेको थिए। तर अनुहारले चिन्दैन। किनकी हामी काम गर्ने ठाउँ फरक–फरक हो।” शनिबारको दिन पनि यत्तिकैमा बितेपछि आइतबार इलाका प्रह’री कार्यालय बेलौरीमा श्रीमती ह’राएकी भन्दै निवेदन दिएको उनी बताउँछन्।  त्यसपछि भागरथीका माइतीसहित उनीहरु भारतमै उनको खोजी गर्न थाल्छन्। उनीहरुले भारतको खजुरिया र सम्पूर्णनगरको प्रहरीलाई पनि यसबारे जानकारी गराउँछन्। सम्पूर्णानगर प्रहरीले उनीहरुलाई हैदरावाद जान सुझाव दिन्छ। तर माइती पक्षले ती युवकलाई चिनेका हुँदा आफै खोज्न निस्किन्छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *