नेपालमा फेरि ब’न्दु’क उठ्छ: मोहन वैद्य

समाचार

नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।आइतबार नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दुक उठ्ने दाबी समेत गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरू संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफुहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए । उनले भने–‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो । संसदवादी मूलधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ ।त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो ।

विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन, तबसम्म शान्तिको युग शुरु हुँदैन ।सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’ महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुपर्ने बताए ।

2 thoughts on “नेपालमा फेरि ब’न्दु’क उठ्छ: मोहन वैद्य

  1. Tyo vanda dherai k nai garna sakxau tme haru.. Hami janta lai bikash ko naam maa tme haru afno swartha pura gardoixau.. Nepal aama ani hami nepali ko rakshyek euta huna sakxa, jo hami layaget nepal aama ko mann bujhna sakxa rw tyo eutai manxe ho jasli nepal aama, hami nepali janta lagayet hindu rastra banauna sakxa jo nepal aama ko shir kailhe nii jhukna didoina tyo ek jana matra ho rw hami sab janta, neta, mantri lagayet nepal aama lai thaxa.i hope maile k vanna khojeko bujhnu vako hola. Nepal aama ani hami janta lai euta raja ko khachoo xa
    Jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

  2. Hami lai banduk goli chaidoina euta raja chahinxa jasle nepal aama ani hami janta ko shir kailhe nii jhukna na diyoss rw sansaar ko jun kunama gaenii nepali vanne bitikkai teha ko manxe le hami nepali lai touch garna poni himmat na gaross. Banduk goli chaidoina
    Jay Nepal 🇳🇵🇳🇵🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *