ओलीले अझै यस्ता सरप्राइज दिनै बाँकी छ

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार आफ्ना पक्षका केन्द्रिय समिति बैठकबाट माधव नेपाल पक्षका सबै नेताको पद खोसीदिएपछि राजनीति चर्चामा पुगेको छ । सर्वोच्चले नेकपा एकता भंग गरी पुर्ववत अवस्थामा फर्कन आदेश दिएपछि माधव समुह पनि एमालेमै रहने निर्णयमा पुगेका हुन् ।एमालेमा फर्केपछि नेपाल समुहले अप्ठेरोमा पार्न सक्ने देखेका ओलीले शुक्रवार सबैलाई सरप्राइज दिँदै अध्यक्ष र महासचिव पद वाहेक सबै पद खारेज गर्दै महाधिवेशनको मिति समेत तय गरे । त्यसवाट एमालेको माधव समुह मात्र होइन, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दलमा पनि तरंग उत्पन्न भएको छ ।

सरकारको नेतृत्व गरेका ओलीले एक पछि अर्को सरप्राइज दिन थालेपछि ओली इतरका सबै दलले उनको विकल्प खोज्न थालेका छन् । ओलीका पक्षमा अरूको उछितो काढेकै भरमा पद प्राप्त गरेको परिचय बनाएका नेपाल रेलवेका महाप्रबन्धक गुरु भट्टराईले एमाले अध्यक्ष ओलीले अझै थुप्रै ‘सरप्राइज’ दिन बाँकी रहेको चेतावनी दिएका छन्।ओलीले धमाधम एकलौटी निर्णय गरेर नेता माधव नेपाल–झलनाथ खनाल पक्षलाई पूरै ‘बाइपास’ गरिरहेका बेला महाप्रबन्धक भट्टराईले ती नेताले आगोसँग खेलेर गल्ती गरेको टिप्पणी गरेका छन्।

‘प्रम ओलीले अरू थुप्रै सरप्राइज दिन बाँकी छ मेरे दोस्त,’ सामाजिक सञ्जालमार्फत भट्टराईले ध म्की दिएका छन्, ‘हेर्दै जानुस्, आगोसँग खेले भ ष्म भइन्छ भन्ने बुझुन्।’ओलीको यस्तो कदम विरुद्ध प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्धको रणनीति बनाउन उनी इतरका नेताहरु जुट्न थालेका छन्। एमालेकै ओली इतर समूह वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै बैठक गर्दै ओलीविरुद्धको रणनीति बनाउन लागेका हुन्।प्रचण्डले माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा शनिवार ११ बजे बोलाएका छन् भने नेपाल(खनाल समूहको एमालेले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक शनिवार ११ बजे बानेश्वरको अर्याल होटलमा बोलाएको छ।

ओलीविरुद्ध समानान्तर कमिटी गठनको उद्घोष गरिसकेको नेपाल(खनाल समूहले शनिवार छलफल गरेर रणनीति तय गर्ने भएको हो। एमाले स्थायी कमिटी सदस्य वेदुराम भुषालले बैठकले पार्टीले समानान्तर कमिटी गठनका बारेमा छलफल गर्ने बताए। ुयस्तै, माओवादी केन्द्रले पनि ओलीले शुक्रवार सरकारमा सामेल माओवादी केन्द्रका नेतासहित २३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेपछि उनीहरुलाई कारवाहीको तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *