गुल्मीमा गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएका यी महान २७ वर्षीय डाक्टर निश्चल शर्मा !

Uncategorized

गुल्मीको ईस्मा गाउँपालिकामा स्थापना गरिएको कोभिड अस्पतालमा सोही गाउँका एक युवाले ‘एमबीबीएस’ डाक्टरका रुपमा सेवा गर्ने मौका पाएका छन् । गाउँपालिकामा स्थापना गरिएको कोभिड विशेष अस्पतालमा सोही गाउँपालिका वडा नम्बर ३, दर्लामचौर घर भएका २७ वर्षीय एमबीबीएस डाक्टर निश्चल शर्मा खटिएका हुन् । मदन शर्मा र श्रीमती प्रतिभा शर्मा खरेलका ज्येष्ठ सुपुत्र हुन डाक्टर शर्मा ।

गाउँकै छोरो डाक्टर बनेर गाउँकै सेवामा आएको ईस्माको इतिहास मै पहिलो पटक भएको ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । ‘उहाँ कोभिड अस्पतालमा पुस १ गतेदेखि एमबीबीएस डाक्टरको रुपमा आउनु भएको छ,’ विष्टले भने, ‘अहिले ३ महिने सेवा अवधीका लागि आउनु भएको हो तर उहाँलाई कोभिडको संक्रमण हटेपछि गाउँपालिकाले नै दरवन्दी खडा गरेर राख्ने छ ।’ ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *