‘ओली हटाऊँ देश बचाऊँ’ भन्दै बाबुरामले ट्विट गरे

समाचार

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भन्दै कटाक्ष गरेका छन् । बाबुरामले ट्वीटरमा लेखेर ओली हटाऊ देश बचाऊ भन्दै टिप्पणी गरेका हुन् ।

‘अखाद्य बस्तु नखानु प्राणी जगतको शाश्‍वत स्वभाव हो।तर, नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्,’ उनले भने, ‘सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनेट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको ? #ओलीहटाऊॅदेशबचाऊॅ ।’

बाबुरामको ट्विट : अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ

Leave a Reply

Your email address will not be published. Required fields are marked *