ऋषि जी चुप लाग्नुस् भन्ने नारायणकाजीले ऋषिलाइ फेरी अन्तर्वार्तामै हप्काए, ऋषिले पनि पारे यो पल्ट र्याक र्याक (भिडियोसहित)

समाचार

काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको गलत फैसलाका कारण नेकपा फेरी पुर्ववत अवस्थामा गएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटनको निर्णय असंवैधानिक भनेपछि तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।

उनले अबको कदम निकै विचार गरेर मात्र निर्णयमा पुग्ने बताएका छन् । संसद पुनस्थापना पछि अब प्रतिनिधि सभाले अब बाँकी २ वर्ष काम गरोस् भन्ने चाहेकाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताएका छन् । तर उनले अब नयाँ सरकार निर्माणको लागि सबै दलसंग छलफल जारी रहेको बताएका छन् । उनले कांग्रेस, जसपा लगायतका पार्टीसंग छलफल गरिएको बताए । छलफल सकारात्मक भइरहेको बताएका छन् ।उनले सर्वोच्च अदालतले पार्टी फुटाउने निर्णय गर्न नमिल्ने बताएका छन् । तर पनि अझै प्रधानमन्त्री ओलीले जनताले दिएको अवसरको मुल्याकंन गर्दै आए र आफ्ना गल्ती स्वीकार गरे कम्युनिष्ट एकताको सम्भावना अझै पनि जिवित रहेको बताएका छन् ।

उनले गल्ती स्वीकार गरे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बदलाको भाव नराख्ने जनाएका छन् । उनले आफूहरु अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने तयारीका साथ अघि बढेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस सहकार्य गर्न तयार रहेको तर्फ वार्ता अघि बढेको बताएका छन् । सबै कुरा भने जस्तो भए कांग्रेसको नेतृत्वमा सरकार बने आफुहरुले पनि स्वीकार गर्ने बताएका छन् । त्यो सम्भव रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *