कोरियामा एक नेपालीको औधोगिक दृ’घटनामा परि मृ’त्यु !

समाचार

दक्षिण कोरियामा औधोगिक द्रु’घटनामा परि एक नेपालीको ज्या’न गएको छ l नेपालको बाग्लुङ जिल्ला घर भै कोरियाको थेगु शहर स्थित एक कम्पनीमा कार्यरत अशोक श्रीसको गत सोमबार दुर्घ’टना परि मृ’त्यु भएको बागलुंङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष टेक पुनले फेसबुक स्टाटस मार्फत बताएका छन् l४५ बर्षीय श्रीस रोजगारीको शिलशिलामा कोरिया आएका थिए l कमपनीमा काम गर्ने क्रममा सोमबार साझ करिब ६ बजे उक्त दुर्घ’टना भएको थियो lश्रीस ८ बर्ष पहिला कोरिया आइ हाल अबैधानिक रुपमा बस्दै आएका थिए l हाल उनकोश’वलाई प्रहरीले स्थानीय अस्पतालमा राखेको छ l

दक्षिण कोरियाका नेपाली विद्यार्थीलाई एनआरएनए काेरियाकाे अनुरोध : बिगत केहि समय देखि दक्षिण कोरियामा विद्यार्थी भिषामा रही अध्यागमन कार्यालयमा पुर्व जानकारी तथा आवश्यक कानुनी प्रक्रिया पुरा नगरी अस्थायी रुपमा काम गर्ने नेपाली विद्यार्थीलाई दक्षिण काेरिया सरकारले कार्वाही गरेको खुलेको छ ।कमिसन/ पैसाको लोभमा ब्यक्ति स्वयमको वा अन्य व्यक्तिको बैंक खाता प्रयोग गरि अवैध र गैर कानुनी रकम कारोबार गर्ने तथा अन्य ब्यक्तिको Alien Card को गलत प्रयोग गर्ने त्यस्ता नेपाली विद्यार्थी गिरफ्तार गरिएको र नेपाल समेत फिर्ता पठाएको कुरा सार्वजनिक भएको हाे।

एनआरएनए दक्षिण काेरियाले यस विषयमा नेपाली विद्यार्थी सतर्क हुन अनुरोध गरेको छ ।एनआरएनए दक्षिण काेरियाका अनुसार यस्तो घटनाले नेपाली विद्यार्थीलाई ठुलो रकम जरिवाना गरिएको र नेपाल फिर्ता समेत गरिएको बताएको छ ।उसले एक सुचना जारि गर्दै दक्षिण काेरियामा अध्ययनरत नेपाली विद्यार्थीलाई लक्षित गर्दै एक सुचना जारि गरि आवश्यक सचेतना अपनाउनु यसै सुचना मार्फत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरिया (NRNA KOREA) सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *