एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

समाचार

काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।

यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।विगतमा एसईई चैतमै हुँदै आएकामा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ ।

यस वर्षको एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । विगतका वर्षमा शैक्षिक सत्र चैतमा समाप्त हुँदै आएपनि यस वर्ष कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले शैक्षिक सत्र जेठसम्म गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *