अन्ततः देउवा बन्ने भए प्रधानमन्त्री, ओलीको यसरि हुदै छ बिदाइ

समाचार

काठमाडाैँ – नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गरेर आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु गरेको छ।सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केसँगै अब कांग्रेसले नयाँ सरकार गठनका लागि एमाले बाहेकका शक्तिसँग सहकार्य गर्ने भएको हो।श्रोतका अनुसार सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपर्युक्त समय बल्ल आएको बताउन थालेका छन्। यसअघि प्रचण्ड-माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजान साथ खोज्दा देउवाले नेकपा फुटेकै छैन भन्ने अडान राखेका थिए।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको ठहर गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि यो मौका छोप्ने दाउमा देउवा छन्।कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट एक नेताले भने ओली नेतृत्वकाे सरकारलाई बिदा गर्दै एमाले बाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य गर्ने बताए।नयाँ सरकारका लागि दुई ठूला दल एमाले र कांग्रेसकाे सहकार्य हुने सम्भावना निकै कम रहेकाे उनले बताए।‘या त अर्ली इलेक्सनमा जाने गरी सर्वदलीय सरकार गठन हुनुपर्‍याे, हैन भने एमालेबाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार बनाउने सम्भावना धेरै छ’, उनले भने।

‘दुई तिहाइ नजिकको सरकार चलाउन पाए पनि ओलीले राम्रा काम गरेनन्। जनमतको कदर गर्न सकेनन्। असंवैधानिक काम गर्दै गए। संविधान कुल्चिए, असंवैधानिक तरिकाले अध्यादेशहरू ल्याए। अब कांग्रेस संसदमा रहेका दलसँग परामर्श गरेर प्रधानमन्त्रीबाट ओलीलाई बिदाइ गर्ने बाटोमा जान्छ,’ सभापति देउवानिकट एक शीर्ष नेताले भने।ती नेताका अनुसार अब कांग्रेसले संसदमा रहेका दलसँग कति सांसद छन् भन्ने अंकगणित हेर्छ। त्यसपछि ठोस निर्णय गरेर जाने पक्षमा कांग्रेस छ।‘माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग उहाँले अब परामर्श थाल्नुहुन्छ,’ ती नेता भन्छन्,‘पार्टीभित्र पनि छलफल गरेर एकढिक्का भएर कांग्रेसले अब सरकारको नेतृत्व गर्ने भन्ने छ।’

अदालतकाे फैसलासँगै १२१ सिट रहेकाे नेकपा एमाले पहिलाे, ६३ सिट रहेकाे कांग्रेस दाेस्राे र ५३ सिट रहेकाे माओवादी केन्द्र तेस्राे हैसियतमा पुगेका छन्। ३४ सिटसहित जसपा चाैथाे हैसियतमा छ।सरकारमा रहन १३८ सांसदकाे समर्थन चाहिने हुँदा माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासकाे मत जित्न ओलीलाई थप १८ सांसद आवश्यक पर्छन्। एमालेका १२१ सांसद मध्ये एक जनाकाे निधन भइसकेकाे छ।माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिनेबारे निर्णय गरिसकेकाे छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *