बाच्नु भन्दा त श’हिद हुनु नै ठिक रहेछ: प्रचण्ड

समाचार

उनले भने, ‘अहिलेकाले नमानेपनि भोलि पर्सीकाले मान्छन्, ज’नयु’द्धको बेला पनि चिहानमा पुरिएका शहीदलाई पनि निकालेर हामीले तीनलाई जनताका लागि ल’डेका महान शहीद भन्यौँ, त्यो बेला कसैले शहीद भन्दैन थियो, अहिले स्थापीत भएको छ।’त्यस्तै अध्यक्ष प्रचण्डले आफूपनि शहीद भएको भए शहीद भन्ने सम्मान समाजमा पाउने तर शहीद हुनेलाई भन्दा बाँचेलाई गाह्रो भएको बताए।आफूमा पनि कम पी’डा नभएको बताउदै उनले कवी भूपी शेरचनको कविताको हर्फ सुनाउदै भन्नुभयो, ‘ए मरेर जाने शहीदहरु तिमी त मरेर गयौँ, शहीद भयौँ तर बाँचेर हेर बाँच्नु त झन गाह्रो छ।’

ज’नयु’द्धका क्रममा सबै मर्न भनेर हिडेको तर संयोगले आफूहरु बाँचेको र अहिले यसरी कार्यक्रम गरेको अध्यक्ष प्रचण्डले बताए । थुपै शसस्त्र आन्दोलनमा ल’डेकाहरुलाई पनि स्थापीत गराएको अध्यक्ष प्रचण्डले बताए । कतिपयले अहिले पनि शहीद भनेर नाम लिन नचाहेको तर ती महनान शहीद भएकोले भोलिको इतिहासले उनीहरुलाई महान शहीदको भनेर सम्मान गर्ने बताए । अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदै गर्दा पहिलो निर्णयको रुपमा जनमुक्ति आन्दोलनमा शहिद हुनेहरुलाई रारष्ट्रिय शहीद घोषणा गर्ने र उनीहरुलालई सम्मान गरेको बताए । तर अहिले उक्त निर्णयलाई लुकाइएको र द’वाइएको अध्यक्ष प्रचण्डले गुनासो गरे ।

उनले कार्यक्रममा उपस्थितहरुलाई सम्बोधन गर्दै आफू आननदले बसेको नभई तपाइहरु जस्तै चि’न्तामा भएको पनि बताए । उनले भने, ‘प्रचण्ड त प्रधानमन्त्री भयो, रमाइलोसँग बसेको होला भन्ठान्नु भको होला, तर त्यो होइन, तपाईँहरु जस्तै म पनि पी’डित छु।’आफूले त्यत्रोे परिवर्तन ल्याएर क्याविनेटमा जनमुक्ति सेनालाई सम्मान गर्ने निर्णय र शहीदहरुलाई राष्ट्रिय शहीद गर्ने निर्णयको तर प्रतिकृयावादीहरुले माइनट लुकाइदिएर ष’ड्यन्त्र गरेको गु’नासो गरे ।आफ्नो नेतृत्वमा भएको आन्दोलन र परिवर्तनको संस्थागत गर्ने र त्यसका योद्धाहरुलाई सम्मानका लागि गरेको निर्णयलाई दवालइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *