पाथीभरा माताको दर्शन गरी, ॐ लेखी भेटी स्वरुप एक सेयर गरि आज २०७७ फागुन २३ गते आइतबारको राशिफल पढ्नुहोस् । आज यी राशी लाई मिल्नेछ सफलत।ॐॐ❣️ॐ

Uncategorized

वि.सं.२०७७ साल फाल्गुन २३ गते । आईतबार । ईश्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी,३२ घडी ३९ पला, बेलुकी ०७ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र– मूल,४२ घडी ५० पला,बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त पूर्वाषाढा । योग– सिद्धि,३० घडी २१ पला,बेलुकी ०६ बजेर ३३ मिनेट उप्रान्त व्यातिपात । करण–तैतिल,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी १६ पला

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धीत सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कष्टभावमा गोचर गर्ने चन्द्रमाले खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । सामाजिक जिम्मेवारी प्राप्त भएपनि समयमा जिम्मेवारी वहन गर्न नसक्दा आलोचना हुनसक्छ । लामो समय देखिको प्रेम सम्बन्ध टुट्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । तरपनि रिसर्च पर्सनका लागि समय उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार भावमा गोचर गर्ने शुभ चन्द्रमाले बिलाशी तथा भौतिक वस्तुको व्यापार व्यावसायबाट प्रशस्त धन सम्पति कमाउन सकिनेछ भने व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । जीवन साथिको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु हुनेछन् । प्रणय सम्बन्ध सुमधुर भएर जानेछ । पढ्ने लेख्ने काममा मनजाने तथा पुरस्कार जित्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घरायसी सेवा सुबिधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथिभाईको सहयोग पाईने योग रहेकोछ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने बिपरित लिङगको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययनमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
नाम कमाउन गरिएका प्रयासबाट उल्टै क्षति बेहोर्नु पर्नेछ भने सामाजिक तथा राजनीतिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धीत मुद्दाहरु आज किनारा लाग्ने छैनन् । पढ्ने लेख्ने काममा आज खासै मन नजाने हुनाले शिक्षा क्षेत्रमा अरुभन्दा पछी परिनेछ । घरपरिवार तथा आफन्तसँग छुट्टिएर यात्राको तय गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारी लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बर बधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पति तथा धातु संग्रह गर्न सकिनेछ । रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथिभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समाजसमा प्रतिष्ठित काम गर्दै नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन मिल्ने मित्र तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । पहिल गरिएका लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने हुनाले मन प्रसन्न हुनेछ । अध्ययनमा प्रगती भएर जाने तथा अध्ययनकै शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अरुकै लागि समय र श्रम खर्चनु पर्दा आफ्नो कामभने थाती रहनेछ । खर्च बढ्ने तथा कामहरु समयमा सम्पादन नहुँदा आलोचना सहनु पर्ला । कमजोर पढाइ लेखाइमा तपाईँकै कारण नतिजा अरुकै पोल्टोमा पर्नेछ । तरपनि विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रणय सम्बन्धमा भने विश्वासको वाताबरण बन्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
नयाँ काममा हात हाल्ने समय रहेकोछ भने पैत्रिक धन तथा सम्पतिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा मान्यजनको आशिर्वाद लिईदै अगाडी बढ्नुहोला । कृषि तथा पशुपालन व्यावासायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सवारी साधन तथा भौतिक सम्पती प्राप्तीको योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सानो लगानी गर्दापनि समयले साथ दिने हुनाले व्यापार फस्टाई मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्त हुने गतिलो योग रहकोछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्नेहरुले मान सम्मान पाउनेछन् । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *