म प्रधानमन्त्री बन्न चाहेकै छैन- सभापति देउवा

समाचार

काठमाडौं-  नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पार्नुभएको छ । म प्रधानमन्त्री बन्न चाहेकै छैन- सभापति देउवा भन्छन् ।।

सभापति देउवाले आज विहान आफ्नै निवास बुढानिलकण्ठमा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरको पुस्तक ‘महाकाण्ड’ बिमोचन समारोहमा बोल्नुहुँदै नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको र स्वभाविक रुपमा प्रतिपक्षी दलका नेता ‘प्राइम मिनिस्टर इन वेइटिङ’ भएको तर आफू त्यस दौडमा नभएको बताउनुभएको हो ।

नेपाली काँग्रेसलाई जनताले विपक्षमा बस्ने म्याण्डेड दिएकोले प्रधानमन्त्री बन्ने चाहना नभएको उल्लेख गर्नुभयो ।‘म प्रधानमन्त्रीको दौडमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो,’ उहाँले भन्नुभयो ।सत्तारुढ दलको विवाद कायम रहेकोले आफू उनीहरुको झगडाको बीचमा नपर्ने सभापति देउवाको भनाइ थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *