‘जू’ मा प्रधानमन्‍त्री : चिम्पान्जीलाई भने- ओ काले, ओ काले…

राष्टिय

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले ललितपुरको जावलाखेलमा रहेको चिडियाखानाको अवलोकन गरेका छन् । बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।प्रधानमन्त्री ओलीले रोचकताका साथ वन्यजन्तु र चराचुरुङ्गीको अवलोकन गरेका हुन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर ओलीले, ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए । 

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले  चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाए । ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुसी बनाएका हुन् । अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षकसमेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्रसमेत अनावरण गरेका छन् । 

२०५२ साल पुस १४ गते स्थापना भएको सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राप्त गरेको २५ औं वर्ष पुगेको अवसरमा बुधबार विषेश कार्यक्रम गरिएको हो ।प्रधानमन्त्रीले चिडियाखाना अवलोकन गर्दा अन्नपूर्णकर्मी सुनिता डंगोलले कैद गरेका तस्बिर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *