प्रचण्ड–नेपाललाई ओलीको चुनौती : ‘प्रधानमन्त्रीबाट हटाएर देखाउनुस, दुई तिहाई भोट ल्याएर देखाइदिन्छु’

राष्टिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चेतावनी दिएका छन् ।प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अर्का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीबाट हटाउनका लागि दौडधुप गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले पदबाट हटाउन खुला चुनौती दिएका हुन् ।

झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गदैै ओलीले आफूमाथि जनताको विश्वास भएकाले प्रधानमन्त्री पदबाट कसैले हटाउन नसक्ने दावी गरे ।कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुसँग भएको भेटवार्ताले प्रचण्ड–नेपाल निरास बनेको भन्दै लड्डु खाएर खुशियाली मनाउनुको कुनै अर्थ नभएको बताए ।

प्रचण्ड–नेपाल भारतका लागि कम्फर्टेबल सरकार बनाउन चाहिरहेको भन्दै उनले देश विकास गर्ने भयो भनेर अतालिएको बताए ।आफूहरुले देशका लागि धेरै विकास गरिरहेको दावी गर्दै उनले आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *