आँफु माथी शारीरिक हमला हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

राष्टिय

काठमाण्डौंं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने बताएका छन् ।पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने ।उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए । पोखरा । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बेला बेला अनेक रुपमा चर्चामा रहेन नेता हुन ।यस्तैमा आज ओलीले म माथी हमला हुन सक्छ, ज्यान जान पनि सक्छ तर तपाईहरु नडराउनुस भनेर कार्यकर्तालाई संबोधन गरेका छन्। प्रधानमन्त्री समेत रहेको नेताले किन यस्तो कुरा गरे सर्वत्र चासोको बिषय बनेको छ ।केपि ओलीले को कोलाई जेल कोचेर छोडेदैछन् प्रधानमन्त्री पद्, यस्तो रहेछ नामावली काठमाण्डौं । यो देश बिगार्ने ५’७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म प्रधानमन्त्री पद छोड्दिन भनोस् भन्ने चाहाना हरेक नेपालीले यतिबेला प्रधानमन्त्री केपी ओलीसँग राखेरका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *